Sunday, March 15, 2009

रोल्पामा १५ जनाको उम्मेदवारी


उपनिर्बाचनका लागी रोल्पा क्षेत्र नं २ मा १५ जनाले मनोनय पत्र दर्ता गराएका छन्। मुख्य निर्बाचन अधिकृतको कार्यालयका अनुसार ११ जनाले पार्टीबाट र ४ जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्। नेकपा माओबादीबाट सन्तोष बुढामगर, नेपाली कांग्रेसबाट गंगाराम डाँगी, नेकपा एमाले बाट हरिप्रसाद घर्तीले मनोनयन पत्र दर्ता गराएका छन्। यसैगरि नेपाल परिबार दलका रामहरी गिरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट नन्द बहादुर घर्तीमगर, राप्रपाबाट दलबिर पुन, राप्रपा नेपालबाट नरिसंह दमाई, नेपाल मजदुर किसान पार्टीबाट चित्र बहादुर डाँगी, राष्टिय जनशक्ति पार्टीबाट नोखीराम नेपाली, नेकपा मालेबाट दान बहादुर घर्ती र राजमोबाट टंक बहादुर पुनले मनोनयन पत्र दर्ता गरेका छन्। यसैगरि स्वतन्त्रबाट कुलबहादुर खत्री, कमलबहादुर पुन, मानबहादुर बाठामगर र सुरेन्द्र थापाले मनोनयन दर्ता गरेको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । रोल्पा क्षेत्र नं २ मा ८१ हजार ८ सय ९९ मतदाता संख्या रहेको छ।

No comments:

Post a Comment