Sunday, March 15, 2009

माग पुरा नभय देश थप्प पर्छौ ।

राजकुमार लेखी, महामन्त्री, थारु कल्याणकारिणी सभा
अहिले खासगरी तराइलगायत् थारु बाहुल्य जिल्लामा आन्दोलन भइरहेका छन्। प्रदर्शन र बन्दले जनजीवन ठप्प छ। यो कहिले रोकिन्छ ?

जबसम्म अन्तरिम संविधानमा संशोधन गरेर थारुलगायत्का आदिबासी जनजातिलाई गरिएको जवर्जस्ती मधेशीकरण फिर्ता गरिन्न तबसम्म यो आन्दोलन रोकिन्न। अर्थात् सम्पूर्ण आदिबासी जनजातिलाई मधेशीको सूचीबाट हटाएर अधिकार निश्चित नगरिएसम्म आन्दोलन जारी रहन्छ।

जनतालाई असर पर्ने आमहडताल नै किन रोज्नुभयो ? सरकारको रिस किन जनतामाथि ? त्यसको विकल्प थिएन ?

कुरा दुई वर्षअघिको हो जतिखेर अन्तरिक संविधानको पहिलो संशोधनबाट आदिबासी थारुको ऐतिहासिक भूमि थरुहट तराइलाई मधेशी समुदायका नाममा राजिनामा पास गरियो। जसबाट मुस्लिम जनजाति दलित जसको आफ्नै स्वतन्त्र पहिचान अस्तित्व धर्म परम्परा रीतिरिवाज छ त्यसलाई समाप्त पार्ने काम भयो। यो त्रुटि सच्याउन त्यतिबेलैदेखि हामीले आन्दोलन गर् यौं उल्टै मधेशी दलसँग गरेर एक प्रदेश एक मधेशको लाइनमा सम्झौता गरेर त्रुटि दोहो‍‍र्‍याइयो।फेरि संविधानसभा निर्वाचन ऐन नियमावलीमार्फत् तराइका सबैलाई मधेशी बनाइयो। हुँदाहुँदा अध्यादेशमार्फत् थारु मुस्लिमलगायतले पाउने आरक्षण मधेशी कोटामार्फत् लिनुपर्ने व्यवस्था गरियो। तत्कालै हामीले प्रधानमन्त्री र उपेन्द्र यादवको पुत्ला जलायौं अध्यादेश जलायौं। तर पनि सुनिएन। त्यसैले कतैबाट सुनुवाइ नभएकाले आफ्नो अस्तित्व जोगाउन यो आन्दोलन गर्नुपरेको हो जुन हाम्रो रहर हुँदै होइन।

तपाईंहरुको आन्दोलन उग्र हुँदै गइरहेको देखिन्छ। सुरक्षामा खटिने प्रहरी पनि मारिए। कतै यो तपाईंहरुको नियन्त्रणबाहिर त गएको छैन ?

बिलकुल छैन । आन्दोलन अनुशासित छ शान्तिपूर्ण छ। नियन्त्रणमा छ। जहाँसम्म प्रहरी मारिएको कुरा छ त्यो यो आन्दोलनलाई बदनाम गराउन सरकार र मधेशी दलहरुद्वारा प्रयोग गरिएका भिजिलान्तेले मारेका हुन। उनीहरु अहिले पनि थप घटना गराउन लागिपरेका छन् तर हामी त्यसप्रति पूर्ण सचेत छौं।

तपाईंहरुलाई कोही एमालेले भड्काएको त कोही मधेशविरुद्ध थारु प्रयोग भए भन्छन् नि ?

पहिलो कुरा- यो आरोप हो। किनकि उपेन्द्र यादवलगायत्का मधेशी नेताहरु भारतद्वारा साचालित छन् त्यसैले उनीहरुले यो आरोप लगाएका हुन। अर्को कुरा-६ दशक लामो थारु कल्याणकारी सभामा अहिलेसम्म कांग्रेसका मान्छे मात्र अध्यक्ष बनेका छन् वर्तमान अध्यक्ष कुनै पार्टीसँग सम्बन्धित व्यक्ति होइनन् हाम्रो संस्था विशुद्ध अधिकारमुखी र थारुहरुको सर्वमान्य निकाय हो त्यसैले यसलाई एमालेले भड्काउने र उसले भन्दैमा मान्ने कुरै हुँदैन।

तपाईंहरुको माग पूरा हुन्छ त ?

हेरौं भोलि सोमबार को मन्त्रिपरिषद्को बैठकले हाम्रो माग पूरा गर्ने आश्वासन प्रधानमन्त्रीले दिएका छन्। पूरा नगरेर सुखै छैन किनकि यसको विकल्पै छैन।

पूरा भएन भने ?

हामी पूरै मुलुक ठप्प पार्छौं। अहिले त केही जिल्लामा सांकेतिकरुपमा मात्र आन्दोलन गरिएको हो। हामीलाई बाध्य पारियो भने राजधानीदेखि कुनै ठाउँ ठप्प पार्न बाँकी राख्ने छैनौं। त्यसपछि के हुन्छ भन्ने कुरा प्रधानमन्त्री र सरकारले के गर्छ भन्नेमा भर पर्छ।तपाईंहरुको आन्दोलन थारुका मागमा केन्द्रित छ।

थारु बाहुल्यबाहेक अन्य स्थानमा आन्दोलन सफल हुन्छ भन्ने दाबीका आधार के हुन ?

आज हामीलाई अधिकार नदिनेले भोलि मुस्लिमलाई पनि दिँदैन, दलितलाई पनि दिँदैन, आदिबासीलाई पनि दिँदैन, कुनै जनजातिलाई दिँदैन। त्यसैले यो कुरा बुझेर हामी एकजुट भइसक्यौं। आज आइतबार बिहान मात्र ६० संस्था मिलेर आन्दोलन संयोजन समितिसमेत बनाएका छौं। हामी सबै सबै ठाउँमा छौं। त्यसैले आन्दोलन सफल नहुने कुरै छैन।

जति पछि भयो तपाईंहरु र मधेशी दलबीच दूरी बढ्दै गरेको देखिन्छ। कतै यो दूरी भिडन्तमा परिणत हुने स्थिति निम्तिन लागेको त हैन ?

केही मधेशी नेता आफूलाई तराइका ठेकेदार ठान्छन्। उनीहरु थारुलगायतका आदिबासीलाई दोस्रो दर्जाका मान्छे ठान्छन् र कमैया सम्झन्छन्। जुन अब सम्भव छैन। तर उनीहरुको व्यवहार जस्तो भए पनि हामी संयमित छौं र हुन्छौं पनि।थारुले सुरु गरेको आन्दोलन अहिले सबै आदिबासी जनजातिसँग मिलेर संयुक्त गरिने निर्णय भएको छ।

कतै यो आन्दोलन कमजोर भएको संकेत त होइन ?

आन्दोलन कमजोर भएको पक्कै होइन। डराएर कसैले बोल्न सकेका थिएनन्। जब हामीले जोडदाररुपमा आवाज उठायौं अरु पनि हौसिएर आएका हुन। सबैका लागि बोलेकाले हामीप्रति उनीहरुको विश्वास बढेको हो।तपाईंहरुले सुझाव संकलन गर्न गाउँगाउँ पुगेका सभासद्लाई संकलन गर्नै दिनुभएन। यही माग पूरा गर्ने सुझाव दिन पनि सकिन्थ्यो। किन लेखेट्नुभयो ?सभासद्का दुई काम छन्- एक सरकार बनाउने र गिराउने। दुई- संविधान बनाउने। उनीहरुको अहिलेको काम उहीँ बसेर हामीजस्ता पीडित र अन्यायमा परेकाहरुको माग पूरा गराउन दबाव दिनु हो। जनताको पैसा भत्तावापत खाएर गाउँगाउँ उग्राउने समय यो होइन। जब हाम्रा माग पूरा हुन्छन् अनि आए भने हामी उनीहरुलाई कसरी राम्रो संविधान बनाउन सकिन्छ भन्नेबारे सहयोग गर्नेछौं।

No comments:

Post a Comment