Saturday, March 14, 2009

एक्सेलमा जोखिम बढी


काठमाडौं, फागुन १४ माइक्रोसफ्टको एक्सेलमा भाइरसले आक्रमण गर्न थालेको छ। ह्याकरले सुरुमा एक्सेलमार्फत् कोड थाहा पाएर महत्वपूर्ण सूचना नष्ट गर्न सक्ने संभावना रहेकोमा माइक्रोसफ्ट कम्पनीले आफ्ना ग्राहकलाई सचेत गराएको छ। माइक्रोसफ्टले एक्सेलमा ´सुरक्षाको प्वाल´ देखिएकोसमेत जनाएको छ।एक्सेल प्रोग्राम चलाउँदा प्रयोगकर्ताले थाहै नपाइ टोर्जान हर्स चलाउन पुग्ने संभावना छ। यसले गर्दा व्यक्तिगत र संस्थागत महत्वपूर्ण सूचनासमेत चोरी एवं नष्ट हुनसक्ने संभावना छ। माइक्रोसफ्टले यस्तो खतराको अवस्था समाधान गर्न प्रयास गरिरहॆको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा एक्सेल प्रोग्राममा आक्रमण हुन थालेका सफ्टवेयरमा माइक्रोसफ्ट अफिस-२०००, माइक्रोसफ्ट अफिस-२००२, माइक्रोसफ्ट अफिस-२००३, माइक्रोसफ्ट अफिस-२००७ र म्याकिन्टोस कम्प्युटरका लागि माइक्रोसफ्ट अफिस-२००४ एवं माइक्रोसफ्ट अफिस-२००८ छन्। भाइरस जोखिमका कारण शंकास्पद ठेगानाबाट प्राप्त कुनै पनि डकुमेन्ट सेभ नगर्न माइक्रोसफ्टले आग्रह गरेको छ। यस्तो फाइल सेभ गरेको खण्डमा खोल्दा फाइल नै नष्ट हुन सक्छन्। शंकास्पद ठेगानाबाट प्राप्त फाइल डाउनलोड र सेभ गर्नुपर्दा माइक्रोसफ्ट आइसोलेटेड कन्भर्सन इन्भायोरोमेन्ट प्रयोग गर्नसमेत माइक्रोसफ्टले सुझाव दिएको छ।

No comments:

Post a Comment